अन्ततः ब्युँतियो नेकपा एमाले

काठमाण्डु, ३ भदौ– नेकपा एमाले नामको दल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।

तत्कालीन एमाले माओवादी केन्द्रबीच एकीकरण भएर नेकपाको गठन भएसँगै एमाले नामको दलको अस्तित्व समाप्त भएको थियो । निर्वाचन आयोगले दल दर्ताका लागि परेको निवेदन झण्डै दुई महिनापछि बुधबार सदर गरेको हो । एमाले १ सय २२ औं दलका रुपमा दर्ता भएको आयोग श्रोतले जनाएको छ । आयोगमा गत १२ असारमा एमाले दर्ताका लागि आवेदन दर्ता भएको थियो । नवगठित एमाले अध्यक्षमा सन्ध्या तिवारी छिन् ।

तिवारी प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीनिकट रहेको समाचारहरु यसअघि नै बाहिर आएका थिए । ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका बेला एमाले दर्ताका लागि आयोगमा निवेदन परेपछि नेकपाको प्रचण्ड–माधव नेपाल पक्ष सशंकित भएको थियो । प्रचण्डले ओलीको डिजाइनमै एमाले दर्ता भएको आरोपसमेत लगाएका थिए ।

source : kathmandu today

You can share this post!