बेनाम बादशाह (रमेश )
हामी नेपाली शिक्षित भएर अङ्रेजी शिक्षाको प्रभाव भनौ कि पस्चिमा सस्कृतिको नक्कल भनौ अङ्रेजी पात्रो को जुन महिना को तेश्रो आइतबार बिश्वमा मनाइने fathers day हामी आज हाम्रो कला सस्कृति धर्म सग जोडिएको कुसे औसि तथा बुवा को मुख हेर्ने दिनलाइ फादर्स डे भनेर लेखि रहेका छौ । यो सब हामी बुवाको मुख हेर्ने दिन भन्दा पाखे गाउले हुन्छौ भनेर अङ्रेजी जान्ने होडमा fathers day लेखेका हौ कि क्रमिक रुपमा हाम्रो धर्म सस्कृति माथि को प्रहार त बनि रहेको छैन यो बुवाको मुख हेर्न दिन पनि ।
हामी यसरि नै कुशे औसी ( बुवाको मुख हेर्ने दिन) लाइ fathers Day अनि माता तिर्थ औसी ( आमाको मुख हेर्ने दिन ) लाइ mothers day अनि यस्तै यस्तै हाम्रा मौलिक धार्मिक सस्कार अनि परम्परालाइ परिवर्तन गर्दै आफ्नै पहिचान धर्म सस्कृति मेटन लागिपरेका त होइनौ एक पटक सोचौ आफ्नो मौलिकता र आफ्नो सस्कृतिको जगेर्ना गरौ । कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । पिता देखि पित्री सम्म उल्लेख भएको हाम्रो बुवा को मुख हेर्ने दिन (कुसे औसी ) fathers day भन्दा धेरै महत्वपुर्ण अनि अपनत्व र हाम्रो मौलिकता बोकेको छ त्यसैले अहिले नै बुझौ fathers day होइन बुवाको मुख हेर्ने दिन मनाऔ अनि mothers day होइन माता तिर्थ औसी आमाको मुख हेर्ने दिन मनाउ । जय सस्कृति जय धर्म