सहकारीको कार्यालय बन्द गर्न तीन जिल्लाको अपिल

काठमाडौं । काठमाडौं उपत्यकाका संघहरुले सहकारीका कार्यालय बन्द गर्न अपिल गरेका छन् । उपत्यकाका जिल्ला तथा विषयगत दर्जन संघहरुले संयुक्त रुपमा अपिल गर्दै अर्को सूचना जारी नभएसम्म सहकारी बन्द गर्न अपिल गरेका हुन् । संयुक्त अपिलमार्फत सम्पर्क व्यक्ति तोकेर सदस्यलाई सेवा प्रवाह गर्न भनेका छन् ।

उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातीबाट भदौ १० गते सम्म निषेधाज्ञा जारी गरेपछि सहकारीका छातासंघहरुले पनि सहकारीलाई कार्यालय बन्द गर्न अपिल गरेका हुन् । सम्भव भएसम्म सदस्यलाई प्रविधिको प्रयोग मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन अपिलमा भनिएको छ । अत्यावश्यक सेवा प्रवाहका लागि कार्यालय संचालन गर्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ ।

सहकारी खबरबाट

You can share this post!