बाढीले बगाउँदा १६ जना बेपत्ता

अछाम – कैलाश खोलामा गएराति आएको बाढिले ठूलो क्षती पु¥याएको छ । स्थानीय शिक्षक मान बहादुर साउँदका अनुसार रामोशन गाउँपालिका वडा नम्बर सैनीबजारका १६ जना बेपत्ता भएका छन् ।

गएरातिको बाढिमा नन्दसिंह साउँदको ८ जना परिवार, हिक्मत साउँका २ जना श्रीमती, विद्युत अपरेटर बिर्ख साउँद उनकी श्रीमती र भाई अमर साउँद लगायत अर्की एकजना महिलालाई बाढिले बगाएको हो ।

अझै मानबिय क्षतीको विवरण आइसकेको छैन् । यसैगरी, रामारोशन गाउँपालिका साविकक ३ वटा वडामा सञ्चालित विद्युतीय घरहरु समेत बाढिले बगाएको छ भने रामारोशन तिमिल्सैन सडक खण्डको अधिकांस भाग बाढिमा परिणत भएको छ ।

रामारोशनको गाउँपालिका कार्यालय रहेको मुजाबगरको तल्लो बजार, गजड र मंगलसेन नगरपालिकामा पार्ने तल्लो दर्ना बजार समेत खतरामा रहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

source : nepallipublic.com

You can share this post!