काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो ।
आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले आजको बैठक सकारात्मक भएको जानकारी दिए । उ
नले दुवै अध्यक्षबीच पुनः छलफललाई निरन्तरता दिने विषयमा पनि सहमति भएको बताए । स्रोतकाअनुसार दुवै अध्यक्ष पार्टीभित्रको समस्या समाधानका लागि सकारात्मक छन् ।
अध्यक्ष प्रचण्डले स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सचिवालय बैठक बोलाउनु उपर्युक्त हुने जवाफ दिएका छन् ।
प्रधानमन्त्री अोलीले बुधबारको अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद सुरु हुने दाबी गरेका थिए । उनले आजबाट पाँच दिनको ‘काउन्टडाउन’ सुरू गर्न आग्रह गरेका छन् ।
आजको बैठकमा महासचिव विष्णु पौडेल, शंखर पोखरेल र जनार्दन शर्मा पनि उपस्थित थिए ।
source : kathmandupati