बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच निर्णायक वार्ता

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाभित्र देखिएको समस्या समाधान टुंगोमा पुर्याउन दुवै अध्यक्षबीच छलफल सुरु भएको हो । आजको छलफलबाट दुवै अध्यक्ष सहमतिमा पुग्ने सम्भावना देखिन्छ ।

बुधवार एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ५ दिनभित्र सहमति हुने दाबी गरेका थिए ।

उनले भने, ‘यसलाई व्यवहारबाट नै हटाउन सकिन्छ । कति दिन भन्नुभयो तपाईंले ?  हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो । भोलिबाट एक भनेर काउन्टडाउन सुरू गर्नुहोला ।

source : kathmandupati.com

You can share this post!