कराँतेको ओलम्पिक तयारी राेकियाे

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीको प्रशिक्षण स्थगित गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मंगलवारदेखि स्थगित गरिएको हो । 

कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण १ हप्ताका लागि बन्द गरिएको बताए । खेल क्षेत्रका विभिन्न व्यक्ति कोरोना संक्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराँते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । 

कराँते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराँते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्ट ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराँते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो ।

You can share this post!