गाउँपालिकाका लेखापाल माथि आक्रमण

रूकुम पश्चिम त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी आक्रमण परेका छन् । साथमा उनका भतिजा सुवास केसी पनि अाक्रमणमा परि घाइते भएका छन । सदरमुकाम खलंगास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट घर फर्किने क्रममा उनीहरुमाथि कुटपिट थियाे ।

रूकुम पश्चिककाे त्रिवेणी गाउँपालिका–४ लामाखेतमा बसिरहेका भीमबहादुर पुन, निराजन पुन र खगेन्द्र महरलगायत ५ जनाले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु रा–१ ब ८२१ नम्बरको सरकारी मोटरसाइकलमा फर्कदै थिए । लेखापाल केसीले कुटपिट गर्नेहरुविरुद्ध प्रहरी चौकी, सिम्रुतुमा उजुरी दिएका छन् । चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष शाहले उजुरी आएपछि घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

You can share this post!