ठेला तथा साइकलमा हुने व्यापारमा रोक

७ साउन, काठमाडौं । सरकारले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको छ ।

मन्त्रिपपिरिषद्को सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाएको हो । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

source : onlinekhabar

You can share this post!