कोरोना संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत महिलाको मृत्यु

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

आइतबार अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आईसियूमा उपचार हुँदै थियो ।

सोमबार नै ललितपुरको मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

साउन १५ गते अस्पताल भर्ना भएका उनी निमोनिया र मधुमेहको रोगी थिए । ती पुरुषको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

source : kathmandupati

You can share this post!