गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

source: onlinekhabar

You can share this post!