काठमाण्डुका ५६ सहित उपत्यकामा थपिए ६२ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डु जिल्लाका ५६ जनासहित उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दएिका हुन् ।

डा. गौतमका अनुसार ललितपुर र भक्तपुरमा ३–३ जना थपिएका छन् । त्यस्तै अआज देशभरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

पछिल्लोपटक मृत्यु हुनेमा काठमाण्डु टोखाकी एक महिलाको उपचारको क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै वीरगन्जका ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा र मोरङका १ पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

source : kathmandupati

You can share this post!