नेकपा सर्लाहीका जिल्ला अध्यक्ष पन्तलाई कोरोना संक्रमण

वीरगञ्ज – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल उनी काठमाण्डुमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।  ‘३–४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाण्डुमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन् ।

यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका छन् ।

source : kathmandupati

You can share this post!