सिईओ नियुक्तीमा प्रचण्ड र खनाल असन्तुष्ट, योग्यलाई नै जिम्मेवारी दिएको प्रधानमन्त्रीको जवाफ

काठमाण्डु –लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शुसिल भट्टलाई नयुक्त गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेताहरुबीच चर्काचर्की परेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता झलनाथ खनालबीच मंगलबार साँझ बालुवाटारमा भएको भेटवार्तामा भट्टको नियुक्तीबारे असन्तुष्टी बाहिरिएको हो ।

प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नगरी नियुक्ति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले विवादित व्यक्तिलाई नियुक्त गरेर पार्टीको छवि धमिल्याएको बताएका थिए ।

बैठकको सुरुवातमा अध्यक्ष प्रचण्ड र नेता खनालले विवादित व्यक्तिलाई नियुक्ती गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । तर, प्रधानमन्त्री ओलीले योग्य र सक्षम व्यक्तिलाई नै सिईओ बनाएको जवाफ दिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको सिईअ‍ोमा नियुक्त गरेको थियो ।

सुदुरपश्चिम घर भएका भट्ट ले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगमै योजना निर्माणको अनुभव रहेको छ ।

त्यस्तै आजको बैठकमा स्थायी कमिटीको बैठक बोलाउने विषयमा पनि सहमति हुन सकेन । प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनुपर्ने अडान लिएपछि अध्यक्ष प्रचण्ड र नेता खनालले असन्तुष्ट जनाएका थिए । उनीहरुले स्थाी कमिटी बैठकबाट नेकपाको विवाद समाधान गर्नुपर्ने बताएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । दुई अध्यक्षबीचको बैठक बुधबार साँझ ५ बजे पुनः बस्ने भएको छ ।

source : kathmandupati

You can share this post!