भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार दिउँसो ट्वीटर मार्फत उनले आफू कोरोना संक्रमित भएको सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको समेत बताए।

कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ‘मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,’ शाहले ट्वीट गरेका छन्।

source : kathmandupati

You can share this post!