काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब ४ घण्टा लामो सम्वाद सकिएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवाद समाधानबारे छलफल भएको थियो । प्रधानमन्त्रीको एकल निर्णयबाट स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आह्वान गर्ने विषयमा पनि नेताहरुले छलफल गरेको स्रोतले जानकारी दियो ।
आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र महासिचव विष्णु पाैडेल सहभागी थिए ।
असार १८ गतेबाट स्थगित हुँदै नेकपा स्थायी कमिटी बैठक एक महिना पुग्दा पनि बस्न सकेको छैन् । बहुमत स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि विवादित बनेको नेकपाभित्रको विवाद दुई अध्यक्षबीचको निरन्तरको वार्ता र संवादबाट पनि टुंगोमा पुग्न सकेको छैन् ।
source : kathmandupati