सेनाका उपरथी ईश्वर हमालले सम्हाले फोर्स कमान्डरको कार्यभार

काठमाण्डु – नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

श्रावण १२ गते एक विशेष समारोहकाबीच उनले उक्त मिशनका एक्सिङ हेड अफ मिसन अमेडदो मिसेल्लीसँग कार्यभार बुझेका हुन् । उक्त कमाण्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिशनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्टेरेसद्धारा उपरथी हमाललाई ०७६ फाल्गुण १२ गते उक्त पदमा नियुक्त गरेका हुन् ।

हाल आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत रहेका हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् ।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

source :kathmandupati.com

You can share this post!