काठमाण्डु – नेपाली कांग्रेसले सुनीलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ । मंगलबार राप्रपा छोडेर आएका थापालाई भित्र्याउँदै सभापति शेरबहादुर देउवाले सहमहामन्त्री दिएको घोषणा गरेका हुन् ।
‘धेरै साथीहरू हाम्रो पार्टी प्रवेश गर्नुभएको छ । अहिले हामीले के दिएका छौं र ? सहमहामन्त्री पद दिएको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिनमा उहाँहरूले काम गर्दै जानुहुनेछ ।’
राप्रपाका पूर्वमहामन्त्री थापालाई सभापति देउवाले सदस्यता दिएर र वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
देउवाले आफू प्रधानमन्त्री हुँदा थापा मन्त्री रहेको प्रसंग निकाल्दै काम गर्न सक्ने क्षमता थापामा रहेको बताए ।
थापालाई सहमहामन्त्री दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टी बढेको छ । आगन्तुक सदस्यलाई उच्च पद दिएर पार्टीमा योगदान गरेका नेताको अपमान गरेको आरोप लगाएका छन् ।
source : kathmandupati