अजोड इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सूचिकृत, भोलिबाट कारोबार हुने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निस्काशन गरेको एक अर्ब रुपैयाँ साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले आईपिओ प्रक्रिया पूरा गरी नेप्सेमा सूचिकृत गरेको हो ।

कम्पनीमा कूल ७० करोड संस्थापक शेयर ३० करोड रुपैयाँको साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचिकृत भएको शेयर भोलिबाट नेप्सेमा कारोबार हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।

अजोडको शेयर न्यूनतम ९७ रुपैयाँ देखि अधिकतम २९१ रुपैयाँसम्म कारोबार हुने जनाइएको छ ।

You can share this post!