प्रचण्डलाई ओली निकट नेता पोखरेलको काउण्टर:आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन गर्नुभएन ?

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् । प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत विरोध जनाएका छन् । उनले कालापनी क्षेत्रको सिमा विवाद पुरानै भएको भन्दै आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा था नपाउनेले अहिले उहांले होइन मैले हो भन्न कसरीको सकेको भन्दै विरोध गरेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटेर नयां नक्सा जारी गर्ने पार्टीको निर्णय भएको शुक्रवार बताएका थिए । उनले नीति तथा कार्यक्रम ल्याउने दिन बसेको सचिवलायको वैठकमा नेताहरुले नक्सा जारी प्रकाशित गर्नुपर्छ भनेर भनेको त्यसपछि प्रधानमन्त्रीले त्यहिबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको बताएका थिए ।

प्रचण्डले पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै निर्णय गराउने दलाल हुने र जसले निर्णय गराउन ढिलाई गर्यो उसको देवत्वकरण हुनु विवेकले काम नगरेको ठहर्ने दावी गरेका थिए ।

source : kathmandupati

You can share this post!