पछिल्लो २४ घण्टामा १०० जना संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १०० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमार्फत २८ वटा प्रयोगशालामा देशभरका ३ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गरिएकोमा सय जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ३ सय ७० जना उपचाररत छन् । नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार धनुषामा एक ६० वर्षीय पुरुष र काठमाडौंको टिचिङ अस्पतालमा एक ४९ वर्षीया चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

source : kathmandupati.com

You can share this post!