जेल–हिरासतबाट रिहा भएका बिधार्थिलाइ अखिल क्रान्तिकारीले गर्याे काठमाडाैमा सम्मान

काठमाडाै अखिल क्रान्तिकारीले जेल र हिरासतबाट रिहा भएका बिधार्थिलाइ सम्मान गरेकाे छ । नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी उपत्यका विशेष क्षेत्रिय व्युराेले विभिन्न समयमा शैक्षिक तथा राजनैतिक अान्दाेलनका क्रममा गिरफ्तार भइ रिहाइ भएका बिधार्थि नेता कार्यकर्ताहरूलाइ मंगलबार काठमाडाैमा सम्मान गरेकाे छ ।

जेल हिरासतबाट रिहाइ भएका बिधार्थिलाइ सम्मान गरिएकाे कार्यक्रमकाे प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष रूद्र भट्टराइ रहेका थिए । उक्त कार्यक्रमकाे अध्यक्षता संगठनकाे केन्द्रिय सदस्य समेत रहेका उपत्यका क्षेत्रिय समन्वय समिति संयाेजक हर्क बिकले गरेका थिए भने कार्यक्रमकाे संचालन अखिल क्रान्तिकारी काठमाडाै जिल्ला अध्यक्ष गाेबिन्द बिष्टले गरेका थिए । संगठनका ललितपुर अध्यक्ष अग्रिमकाे शुभकामना मन्तव्य बाट सुरू भएकाे कार्यक्रममा दर्जन बढी बिधार्थि नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे अखिल क्रान्तकारीले जनाएकाे छ ।

You can share this post!