चार महिनापछि लकडाउन अन्त्य

काठमाण्डु – सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज (मंगलबार) रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेबाट जारी लकडाउन आज रातीबाट अन्त्य भएको हो । उनले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा सरकारले लकडाउन अन्त्यको घोषणा गरेको हो ।

source : kathmandupati

You can share this post!