खासाको ताल फूट्ने सम्भावना, भोटेकोशी किनारका मानिस सार्न प्रशासनको निर्देशन

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ । अत्याधिक वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फूट्ने सम्भावना भएकाले नदी किनारका स्थानीयलाई अन्यन्त्रै सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रशासनले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा अविरल वर्षाको कारण पानी भरिएर फुट्न सक्ने सम्भावना रहेकाले सरक्षित स्थानमा सार्न निर्देशन दिएको हो ।

चीनले उक्त ताल फट्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । ताल फुटेमा भोटेकोशीमा आकस्मिक पानीको बहाब अत्याधिक बढ्ने भएकाले विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायतका स्थानीय तहरुको बस्ती बगाउने र ठूलो क्षति पुर्याउने सम्भावना रहेको प्रशासनले जनाएको छ ।

‘भोटेकोशी नदी किनारका बस्तीका सर्वसाधारणलाई तत्काल उक्त क्षेत्र छोडेर सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं’, प्रशासनले भनेको छ ।



source : kathmandupati

You can share this post!