मेलम्चीको मुहानमा पानी छाड्ने क्रममा गेट फुस्कियो, निरीक्षण गर्न पुगेका दुई कर्मचारी बेपत्ता

काठमाडौं। मेलम्ची खानेपानीको मुहानमा निरीक्षण गर्न पुगेका खानेपानी कार्यालयका दुई जना बेपत्ता भएका छन्।

निरीक्षणका लागि अम्बाथानस्थित मुहान पुगेका चार जनालाई बगाएको मेलम्चीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

बगाएकामध्ये दुई जनाको उद्धार गरी मेलम्ची अस्पताल ल्याएको उनले बताए। थप दुई जनाको खोजीकार्य जारी रहेको छ।  

पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि १७ नम्बर गेट थाम्न नसक्दा उनीहरुलाई पानीले बगाएको हो। अहिले अस्थायी संरचनाबाट पानी पठाउन परीक्षण भइरहेको छ। कफर ड्यामदेखि पहिलो अडिट टनेल करिब ७०० मिटरमा छ। सोही अडिट टनेलमा रहेको गेट फुस्किएको हो।

कार्यरत सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका छन्।

गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ।

Source: bizmandu.com

You can share this post!