अवैध मृगौलाको कारोबार गरेको आरोपमा पुरानो मेडिकल कलेजका चार चिकित्सक पक्राउ

काठमाडौं – चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट प्रहरीले चार जना चिकित्सकहरूलाई पक्राउ गरेकाे छ । मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार  ४ जना चिकित्सकहरू पक्राउ परेका हुन् ।कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज नामले समेत चिनिन्छ ।

पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् । यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी पनि पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ।

source : kathmandupati.com

You can share this post!