नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

२५ असार, कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो ।

बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए ।

‘दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘त्यसैले अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ ।’

source : onlinekhabar. com

You can share this post!