बीमा दावी सरलिकृत गर्नेबारे बीमा सर्भेयरहरुसँग बीमा समितिको अन्तरक्रिया

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा बीमा समितिले बीमा सर्भेयरहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आगामी आर्थिक वर्षमा अपनाउनुपर्ने नयाँ रणनीति तथा बीमा दावी भुक्तानीलाई थप सरल बनाउन के गर्न सकिन्छ, लकडाउनको विद्यमान अवस्थामा बीमा सर्भेयरलाई परेका अप्ठेराहरुको विषयमा छलफल भएको हो ।

गत शुक्रबार बीमा समितिको हलमा आयोजित कार्यक्रममा बीमा सर्भेयर संघ नेपालका अध्यक्ष सूर्य प्रसाद जोशीसहितका पदाधिकारीसँग बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, कार्यकारी निर्देशक राजुरमण पौडेललगायतका बरिष्ठ अधिकारीहरुले छलफल गरेका हुन् ।

बीमा सर्भेयरका समस्या, बीमा दावीलाई सरलिकृत गर्ने बारेमा छलफल गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा दावी भुक्तानी सरल गर्ने सम्बन्धमा बजेट बक्तव्यमै उल्लेख भएको सन्दर्भमा बीमा सरलिकृत गर्ने बारेमा तथा यसका प्रक्रियागत रुपमा आईपर्ने चुनौति र यसका समाधानका विषयमा छलफल भएको बीमा सर्भेयर संघ नेपालका अध्यक्ष सूर्य प्रसाद नेपालले बताए ।

source : insurancekhabar

You can share this post!