पाइलटमा कोरोना देखिएपछि सोल्टी होटल सिल

काठमाडौं – नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनामा कोरोना संक्रमण भेटिएपछि राजधानीको सोल्टी होटल सिल गरिएको छ ।

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारमा खटिँदै आएका नेपाल एयरलाइन्सका तीन जना पाइलटसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई एयरलाइन्सले सोल्टी होटल बुक गरेर राख्दै आइरहेको थियो ।

संक्रमितहरुलाई होटलमा आइसोलेसन वार्ड बनाएर राखिएको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुको सम्पर्कमा रहेकाहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले कोकोसँग भेटे भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।आजमात्र काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

source : kathmandupati.com

You can share this post!