बालुवाटारमा ओली र प्रचण्डबीच भएन सहमति, भोली पुनः बैठक बस्ने

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक पुनः भोली बस्नेगरी सम्पन्न भएको छ ।

आइतबार बिहान चार जना सहयोगीसहित बसेको बैठकमा पछिल्लो समय पार्टीभित्र देखा परेको विवादबारे छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो अडान अथावत राखेपछि सहमति हुन सकेन । प्रचण्डले एक पदबाट राजीनामा दिन र पार्टी एकता ताका भएको सहमति पालना गर्न आग्रह गरेका थिए । तर, ओलीले दुई वटै पद नछोड्ने अडान कसेका थिए ।

बैठकमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रचण्डले कुरा उठाएका थिए ।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने विषयमा पार्टीभित्र कुने तयारी नभएको प्रचण्डले अ‍ोलीलाई जानकारी दिएका थिए । बैठकमा ओलीले सरकारको समर्थनमा प्रर्दशन गर्न युवालाई निर्देशन दिएको विषयमा पछि छलफल भएको थियो ।

आजको बैठकमा ओली पक्षबाट पार्टी महासचिव विष्णु पौडेल र प्रदेश पाँचका मुख्यमन्त्री शङ्खर पोखरेल र प्रचण्डको तर्फबाट उर्जामन्त्री वर्षमान पुन र जनार्दशन शर्मा सहभागी थिए ।

source : kathmandupati

You can share this post!