अछामका पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३० पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अछाम रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनको असार १४ गते वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई असार १३ गते श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि वयलपाटा अस्पताल लगिएको थियो । उनी मधुमेहका बिरामी रहेको बताइएको थियो ।

उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते कोरोना पुष्टि भएको छ ।

बिरामीसँगै कुरुवा रहेका दुईजनाको भने कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

source : kathmandupati

You can share this post!