ओलीसँग अध्यक्ष प्रचण्डले भनेः आलोपालो सहमतिबाट पछि हटेर गल्ती गरेको महसुस भयो !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति जनतामा असन्तुष्टी बढेको बताएका छन् । अध्यक्ष प्रचण्डले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण, भ्रष्टाचार तथा अव्यवस्थित क्वारेन्टाइनप्रति असन्तुष्टी जनाएका हुन् ।

बुधबार बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टी एकतामा गरिएको सहमति कार्यान्वयन नगरेको भन्दै अन्तुष्टी पोखेका थिए ।

‘पार्टी एकता गर्दा हामीले हिजो जुन सहमति गरियो त्यसआधारमा एकतामा पुगियो, त्यो आधारमा पार्टी सञ्चालन हुन सकेको छैन । हिजो एकताका बेला आलोपालो सहमति भएकै थियो । त्यसबाट पछि हटेर अर्का अध्यक्षले पाँच वर्ष सरकार सञ्चालन गर्ने, मैले आमरूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो ’, उनले भने, ‘तर, त्यसअनुसार पनि अघि बढ्न सकिएको छैन । एकताको बेलाको सहमतिबाट पछि हटेर गल्ती गरेँकी भन्ने महसुस भएको छ ।’

त्यस्तै अध्यक्ष प्रचण्डले सरकारले गल्ती गरे सरकार र आफूले गल्ती गरे आफू सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।  अध्यक्ष प्रचण्डले पार्टीभित्र आन्तरिक कलह बढ्दै जाँदा सरकारले राम्रो काम गर्न नसकेको बताएका थिए ।

‘साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आयो’ अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गुट मौलाएका छन् पार्टी हराए जस्तो भएको छ । अब पार्टीका नेता सामू ‘फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प छ । संघर्षको बाटोमा जाँदा पार्टी फुट्न सक्छ ।’

source : kathamandupatti

You can share this post!