चार हजार घुस लिँदालिँदै लेखा अधिकृतसिहत दुईजना पक्राउ

काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुईजना चार हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रञ्‍जीतकुमार यादवलाई मंगलबार साँझ पौने ६ बजे ४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। अख्तियार बर्दिबास स्रोतका अुनसार उनीहरुले विज्ञापन प्रकाशित गरिदिएवापतको रकम भुक्तानीका क्रममा ४ हजार रुपैयाँ घुस लिएका थिए। उनीहरु दुवैलाई अख्तियारको बर्दिबासस्थित कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

You can share this post!