काङ्ग्रेस अछामका नेताहरु द्वारा ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्रीहरु उपलब्ध

अछाम :नेपाली काङ्ग्रेस अछामका नेताहरु द्वारा नेपाली काङ्ग्रेस अछाम मार्फत अछामका १० वटै स्थानीय तहलाई ब्यक्तिगत सुरक्षा तथा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस नेता माननीय राम बहादुर बिष्ट ,काङ्ग्रेस युवा नेता राजेन्द्र बहादुर शाह,भक्त बहादुर ठकुल्ला, गोकुल भाटको आर्थिक सहयोगमा उक्त सामाग्री उपलब्ध गराइएको हो ।

नेताहरु द्वारा उपलब्ध ३ लाख बराबरको मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु सामाजिक दुरी कायम गरी जिल्ला कार्य समितीको पार्टी कार्यालय रहेको बिपि स्मृती भवन मंगलसेनमा नेपाली कांग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले जिल्लाका दश वटै तहलाई हस्तान्तरण गर्नु भएको थियो ।

कोरोनाले निम्त्याएको बिषम परिस्थितीमा पनि कांग्रेस अछामले स्वास्थ्य सामाग्री वितरण गरेको भन्दै स्थानिय तहका प्रमुखहरुले पार्टीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

You can share this post!