बर्दगोरीयामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

जेष्ठ २८ सुखड,

कैलालीमा मिनि बसले ठक्कर दिदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका २ झगडपुर कि २५ वर्षिया सरस्वती कुमारी उपाध्यायको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ । बुधबार लम्की बाट धनगढी जादैँ गरेको सुदुर पश्चिम यातायात प्रा.ली को ना ७ ख ९३० नम्बरको बसले साईकल यात्रीलाई दिउँसो १ बजे बौनियाँ बजारको चौराहामा ठक्कर दिएको थियो । गम्भिर धाईते उपाध्यायको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिए ।  बस चालक गोदावरी नगरपालिका ७ निवासी विष्णु भाट र बसलाई ईलाका प्रहरी कार्यालय बौनियाँले नियन्त्रणमा लिएको छ ।

You can share this post!