नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा जित्यो २ अर्ब १० करोडको मुद्धा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा २ अर्ब १० करोडको मुद्धा जितेको छ । तनहुँ जलविद्युत आयोजनाको निर्माण कम्पनी (सिएमसी)लाई बैंकले गरेको काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता पाउने भएको हो ।

सिएमसी कम्पनीले २०१९ फेब्रुरीमा आयोजनाको ठेक्का तोडेपछि बैंकले तनहुँ हाइड्रो पावरमा गरेको काउन्टर ग्यारेन्टी वापतको २ अर्ब १० करोड रुपैयाँ जोखिमा परेको थियो ।

सेप्टेम्बर २०१८ मा बैंकलाई इटलीको इन्नेसानपाओलोले काउन्टर ग्यारेन्टी जारी गरेको थियो । सो अनुरुप बै‌ंकले आयोजनालाई रकम दिएको थियो ।

सिएमसीले ठेक्का तोडेपछि इन्नेसानपाओलोले काउन्टर ग्यारेन्टीको रकम अदालतको आदेश देखाउँदै बैंकलाई तिर्न इन्कार गर्दै आएको थियो ।

तनहुँ हाइड्रोको इटालियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो ।

source : kathmandupati. com

You can share this post!