देवेन्द्र पौडेलको संयोजकत्वमा चौरजहारी घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटना छानबिनका लागि प्रतिनिधिसभाले ९ सदस्यीय समिति गठन गरेको छ ।

सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय आधारमा सदस्यहरु मनोनयन गरेका हुन् । विशेष समितिको संयोजकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेल रहेका छन् ।

यस्तै, समिति सदस्यहरुमा मीन विश्वकर्मा, एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती विशुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतरात ‘अथक’, र राम यादव रहेका छन् ।

समितिलाई कार्य प्रारम्भ गरेको मितिले ३० दिनको समय दिइएको छ । रुकुम पश्चिम घटनामा ६ जना युवाले ज्यान गुमाएका थिए ।

You can share this post!