कोरोनाले डोल्पा र कैलालीमा २ जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणले कैलाली र डोल्पामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

डोल्पाका ५८ वर्षीय पुरुषको २१ गते मृत्यु भएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । मृतक दमको रोगी रहेको जनाइएको छ ।

कैलालीको सेती प्रयोगशालामा परीक्षण गर्दा अर्का मृतकमा कोरोना पोजेटिभ देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला मिर्गाैला रोगको बिरामी भएर डायलासिस गर्न सेती प्रादेशिक अस्पतालमा शुक्रवार आएकी र डायलासिस गर्दागर्दै मृत्यु भएको थियो ।

मृत्यु भएपछि प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो समय कोरोनाले मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ ।

लाेकान्तर बाट

You can share this post!