गाउँ र शहर बीच सूचना/संचारकाे समबन्ध

तुफान सिंह कालिकोटे

आजको युगलाई सूचना/ संचारको युग पनि भनिन्छ। क्रान्तिका लागी प्रचारात्मक र समन्वयात्कम भुमिका निर्बाह गर्न सूचना/संचारको निकै महत्वपूर्ण भुमिका हुन्छ । पछिल्लो समयमा हाम्रो देशको सूचना/संचारले निकै फड्को मारेको छ । मुलुकमा अहिले पनि झन्डै चार सय एफएम रेडियोहरुले जनतासंघ प्रत्यक्ष सूचना सम्प्रेषण गरिरहेका छ्न भने झन्डै झन्डै एक सयको हाराहारीमा एफएमहरु स्वीकृत लिएर बसेका छ्न । यो हिसाब् हेर्ने हो भने नेपालमा झन्डै ९८ प्रतिशत जनता सूचनाबाट टाढा छैन्नन।

म्याग्दी ,मुस्ताङ ,दैलेख ,डोल्पा ,डोटी ,रोल्पा ,रामेछाप ,रसुवाजस्ता जिल्लाहरुमा दुई वा दुईभन्दा धेरै एफएमहरु संचालनमा छ्न ।त्यस्तै काठमाडौमा मात्रै २५, कास्कीमा १८, कैलाली र रुपन्देहीमा १५/१५ चितवन र दाङमा १४/१४ ,पर्सामा १३, मोरङ १२, झापामा ११,बाके,मकवानपुर र ललितपुरमा १०/१० वटा एफएमहरु संचालनमा छ्न। एफएम रेडियोहरुले हिमाली ,पहाडी र तराईका जिल्ला तथा क्षेत्रहरुमा जनतालाई सुचना सम्प्रेषण गरिरहेका छ्न।एफएम रेडियो बिकासमा नेपाल दक्षिणएसियाकै अग्रपङतिमा रहेको छ । एफएम रेडियोका साथै अहिले नेपाल मा ४० भन्दा धेरै केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुले केन्द्रिय तथा स्थानीय रूपमा जनतालाई सूचनाको हक प्रदान गरिरहेका छ्न भने दर्जनौं टेलिभिजनहरु स्वीकृत लिएर बसेका छ्न ।

विभिन्न देशहरुको अबस्थालाईसमेत हेर्ने हो भने झन्डै १० वटाभन्दा धेरै नेपालीभाषाका टेलिभिजनहरुले बिश्वका विभिन्न देशहरुमा संचालन गरिरहेको छ ।यसबाट समेत बिश्वका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरुलाई सूचना सम्प्रेषण गर्ने काम गरिरहेका छ्न। यो प्रक्रियाले गाउँ र शहरको दुरिलाई नजिक्याको मात्रै होईन गाउँ र शहरको समन्धलाई प्रगाढ बनाएको छ। आजका झन्डै ९५ प्रतिशत जनता टेलीफोनबाट जोडिन्छन मोबाइलबाट गाउँगाउँ सम्म ईन्टरनेटको सुबिधासमेत जनताले उपयोग गरिरहेको अबस्था छ ।यसले गर्दा गाउँ र शहरको समन्धमा झनै ठुलो बिकास भएको छ ।यसैकारण ले शहरमा हुने र गाउँमा हुने विभिन्न सूचनाहरु तत्कालै गाउँ र शहरमा पुगिसकेका हुन्छ्न ।यसले गाउँ र शहरहरुमा जनताको भावना र अन्तरसमन्धका लागी बल पुर्याईरहेको छ।यसले नेपालको शहर र गाउँको समन्धलाई सुलभ ,निकट र ब्यापक्तामा बदलेको छ ।।

You can share this post!