अध्यक्ष ढकालको तत्काल रिहाईको माग राख्दै अखिल क्रान्तिकारीकाे चरमवद्ध विरोध कार्यक्रम घोषणा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्र्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालको तत्काल रिहाईको माग गरेको छ । साथै संगठनले चरमवद्ध विरोध कार्यक्रमको घोषणा समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिमा :
ओली नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारको आगमन पश्चात देशभक्त क्रान्तिकारी शक्तिहरुलाई प्रतिबन्धित गर्ने, छानीछानी गिरफ्तार गर्ने यातना दिने र जबर्जस्त आफ्ना अड्डा अदालत, प्रहरी प्रशासनको प्रयोग गरी षड्यन्त्रपूर्वक झुटा मुद्दामा फसाउने जस्ता निन्दनीय र अमानवीय कार्य गर्दै आएको छ । यसको जति निन्दा गरेपनी अपुग हुन्छ ।

यसैगरी हिजो (जेठ २१ गते) दिउँसो मात्रा रुकुम नरसंहारविरुद्धमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुँदा माइतीघरमण्डलाबाट हाम्रो संगठनका केन्द्रिय अध्यक्ष कामरेड चिरञ्जीवी ढकाललाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ ।

यसरी राजनीतिक आस्था राखेको आधारमा गरिएको गैरन्यायिक गिरफ्तारीको हाम्रो संगठन घोर भत्सर्ना गर्दै बिनासर्त अविलम्ब रिहाइको माग गर्द्छ । साथै, गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाईको लागि हाम्रो संगठन निम्नअनुसारको संघर्षको कार्यक्रम घोषणा गर्दछ ।
१. २०७७ जेठ २३ गते सामाजिक संजालमा कालो ब्यानर राख्ने !
२. २०७७ जेठ २५ गते गैरन्यायिक गिरफ्तारीको बिषयमा सामाजिक संजालमार्फत अन्तरक्रिया गर्ने ।
३) २०७७ जेठ २७ गते सामाजिक दूरी कायम राख्दै सम्पूर्ण जिल्लामा कोणसभा गर्ने ।
४. २०७७ जेठ २९ गते सामाजिक दूरी कायम राख्दै देशव्यापी मशाल जुलुस निकाल्ने ।
क्रान्तिकारी अभिवादनसहित ।
रुद्र भट्टराई
उपाध्यक्ष

You can share this post!