नेकपा काठमाडाैले जिल्लाभर जलायाे एमसीसी सम्झाैता

काठमाडौं नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाण्डाैं जिल्ला समितिले विभिन्न ठाउँमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताे रास्ट्रघाती सम्झाैता जलाएकाे छ । जेठ १९ र २० गते देशैभरी सम्झाैता जलाउने कार्यसूची अनुसार अाज काठमाण्डाैंकाे गाेकणेश्वर, नागर्जुन, चन्द्रागिरी, क्रीतिपुर , दक्षिणकाली, तार्केश्वोर , टाेखा बुढानिलकण्ठ नगरपालिकाका साथै काठमाडौं महानगरपालिकाका काेट्यश्वर , सानाेभर्याङ र ताहाचालमा सम्पन्न भएकाे खबर जिल्ला कार्यालयले जनाएकाे छ ।

केपी सरकारले नेपाली कांग्रेसको समर्थनमा संसदबाट पास गर्न खाेजिरहेकाे सम्झाैता सम्पूर्ण रुपले नेपाली सार्बभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेकाेले उक्त रास्ट्रघाती अपराधिक कार्यको बिराेध स्वरुप उक्त सम्झाैता जलाईएकाे हाे । प्रतिबन्धलाई पनि वास्ता नगरी जिल्लाकाे मातहतमा रहेका पार्टी कमिटी, जनवर्गीय संगठनका नेता कार्यकर्ता र स्थानिय देशभक्त जनताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे कार्यक्रममा रास्ट्रघाती एमसीसी सम्झाैता खारेज गर ! सम्पूर्ण देशभक्त र रास्ट्रवादीहरु एक हाैं ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ती जिन्दावाद ! लगाएतका नाराहरु लगाइएको नेकपा काठमाडौंले जानकारी गराएकाे छ ।

You can share this post!