कालिकाेटमा युवाहरूकाे घरदैलाे काेराेना सचेतना अभियान

COVID 19 विरुद्धको लडाइमा जित हासिल गर्नकालागी कालिकोट रास्कोट न पा का २२० घरको दैलोमा पुगि सचेतना फैलाउदै साबुन सेनिटाइजर बितरण गरियको छ । कर्णालीका जनातालाइ कुइयको चामल नचाइयको बरु कोरोनाको बारेमा चेतना चाइयको इस्थानिय जनताको छ । हामी बाच्न चाहान्छौ हामिलाइ कोरोनाको बारेमा चेतनाको आबसेक छ । भनेका छन जो युबाहरुको पहल कदमिले हामिलाइ ठुलो शिक्षा दियको सधै दुखको बेला अशिक्षित र गरिब जनताको सेवा गरिरहनु भनी इस्थानियले आशिर्वाद दियका छन ।

यो काम सरकारको हो तर चुनाबको बेला मात्र आउने दुखको बेला भुल्ने र सहयोग गरे पनि जनताको आबस्यकता र चाहाना बमोजिम नगर्ने भयकाले सरकारले गर्ने काम गाउका युबाहरुले गरेको भनी धन्यवाद दियका छन । हामी भोगले नमर्ने बरु चेतना नदियका कारण रोगले मर्न सक्ने बतायका छन । कर्णालीमा भारत बाट मात्रै 25 हजार मानिस नेपाल आउने तर उनिहरु सङ कस्तो व्यबहार गर्ने कसरी आफू आफ्नो परियार समुदायलाई कोरोनाको संक्रमण बाट बचाउने बारे थाहा नभयको तर युबाहरुले कोरोनाको संक्रमण बाट बच्ने उपाय र लक्षण बारेमा सबै कुरा जनतालाइ बुझायको मा खुसी भयका छन ।

अभियानका केहि झलकहरू

You can share this post!