काेराेनाकाे कुहिराेमा रूमलिएकाे सरकारकाे विकल्प खाेजिने छ

ललिजन बम

प्राचिनकाल देखि आजको गणतन्त्र सम्म नेपाली जनताहरु लाइ सत्तासिन शासकहरु ले पटक पटक नयाँ नयाँ नारा दिएर तेही नयाँ नारा भित्र बानताको भविस्य खोस्ने काम गर्दै आए । तर आज विश्वोसामु नया परिस्थिति सिर्जना भयको छ । मानव समुदायको रक्षा, आतंकबादको सामना र पर्यावरण को सनरक्षन जस्ता युगिन समस्या संग जुधिरहेको बिश्वोसमुदाय आज एकलौटी कोरोनाको लपेटा मा परेको छ । जसले विश्व मानव समुदाय माथि नै ठुलो चुनौती थोपरेको छ । भने आज सम्मका ज्ञान, बिज्ञान, दर्शन र विश्व स्वस्थ्य प्रणाली माथि नै गम्भीर प्रस्न खडा गरेको छ । जसका कारण विश्वको मस्तिस्क नै हल्लीरहेको छ ।

आज हाम्रो मुलुक एक हैन कोरोना महाब्याधि, भारतीय साम्राज्यवादि हस्तक्षेप र घरेलु दलाल र भ्रस्टहरुको शोसन दमन र आतंक को एकमुस्ट सामना गरिरहेको छ । मानवीय समवेदनाको यस घडीमा भारतीय साम्राज्यबाद ले सिमा अतिक्रमण गर्नु निकै निन्दनीय बिसय हो । हाम्रो पुर्खा ले रगत र पसिना बगायर मुलुक रक्षा संगै बहादुर भनेर जसरि बिश्व सामु चीनाए । अंग्रेज संग लढदा होस् या प्रथम र दोर्सो बिश्व युद् मा देखाएको बहादुरी होस् त्यसको आज पनि प्रशंसा हुन्छ ।

तर आज भने भ्रस्ट नेता र नालायक सरकार का कारण लत्जित हुनु परेको छ । आज मुलुक दलाली, भ्रस्टचार, कालोबजारी, लुट, खसोट,  हत्या, हिंशा, बलत्कार,  महंगी को रसातल मा चुर्लुम डुबेको छ । कथित कमाउनिस्टको सरकार सुखी नेपाली र समृद् नेपाल को नारा लगाउछ । संबिधानमा समाजबाद उन्मुख भनेका छन् तर व्यबहार मा सरकार फासिवाद तिर लम्किरहेको छ । यहा सरकारका झोले र अन्धभक्त बाहेक अरुलाई बोल्न मनाही छ । सडक मा लिपुलेख हाम्रो हो भन्न मिल्दैन सरकार दमन गरिहाल्छ । २०११ साल सुस्ताको नरशाही क्षेत्र बाट हाम्रो भुमि अतिक्रमण सुरु गरेको भारत ले आज झन्डै ७० हजार हेक्टर जमिन अतिक्रमण गएको छ ।

आज नेपाल सरकारले कालापानी, लिपुलेख र लिम्प्पियाधुरा सहितको भुमि समेटेर नया नक्सा जारी गर्नु एकहद सम्म उपलब्धि मान्न सकीएला तर मुख्य कुरा कार्यन्वयन को हो । के कार्यन्वयन होला ?  नक्सा जारी गर्नु पछाडी को कारण एमसीसी संग जोडीएको सहजै अनुमान गर्न सकिन्छ । किनकि कोरोनाका कारण जनताको अस्तव्यस्त दैनिकी र जनजीवन लाई सरकारले हल र उचित व्यस्थापन गर्न नसक्नु त्यसै माथि भारतीय साम्र्ज्याबाद ले नेपाली भुमिमा भूमिगत शैलीमा सडक बनाए पछि रास्ट्रिय भावनाले ओतप्रोत र आक्रोसित जनतालाइ नक्साले थामथुम पारेर एमसीसी पास गर्ने ठुलो योजना देखिन्छ ।

मुलुक भारतीय साम्राज्यबादि अतिक्रमण र हेपाहा प्र्ब्र्ति बाट मुक्ति चाहन्छ । सरकार साम्राज्यबादको मालिक को पनि मालिक एमसीसी लाइ संसद बाट नै प्रवेस गराउन चाहान्छ । जसका कारण हाम्रो भुमि विदेसी शक्तिराष्ट्र को क्रिडास्थल बन्ने पक्का छ । यसमा कुनै सन्देह छइन । सम्पूर्ण देशभक्त नागरिकहरु सचेत हुन जरुरि छ । हामी आफ्नो माटोको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनु पछ । एक सावभौम र स्वतन्त्र मुलुक माथिको बैदेसिक हस्तक्षॆप हामी लाइ कदापी स्वीकार्य छैन ।

किनकि हामी एक्काइसौ शताब्दी का सचेत र स्वतन्त्र नागरिक हौ । हामी आत्म सम्मान चाहान्छौ । कसैको दासत्व र पराधीन जीवन हामी लाइ स्वीकार्य छैन । आज बन्दाबंदीको यो अवस्थामा जनताहरु कसरि जीवन धान्य कसरि छाक टार्ने भन्ने पिरमा बसेका छन् भने सरकार जनतालाइ उचित राहत र व्यबस्थापन गर्न त कता हो कता उल्टै आफ्नो कुर्सि जोगाउन संसद खरिद बिक्रि मा लाग्छ । जनताको जीवनसंग कुनै सरोकार नराख्ने अध्यादेश जारी गर्छ । निजि स्कुल र आस्पतालहरु सरकारीकरण हुनु परछ भनेर बहस चलिरहेको यस समयमा सरकार भने निसुल्क स्वास्थ्य र शिक्षा कता हो कता उल्टै कोरोना परिक्षन गर्न पन्ध्र हजार शुल्क तोकछ ।

निजि अस्पताल लाइ जनता लुट्न निर्देसन दिन्छ । लाग्छ सरकारको व्याबहार बाट जनताको जीवन संग सरकारले कुनै सरोकार नै राख्दैन तर भासन मा भने जनता को लागि गर्न केहि बाकि छैन जस्तो गर्छ । नेता को भासन ले जनता को भोको पेट भरिदैन । अहिलेको सरकार संग त्यस्तो कुनै नीति नै छैन । जुन नीति ले जनस्तर मा जनता को जिबन बदलिवस र जनताहरु ले सुख को सास फेरुन । स्वास्थ्य र शिक्षा लाइ संबिधानमा मौलिक हकको रुपमा व्याख्या गरीए पनि तर यहा सत्तासिन सासकहरुकै सनरक्षन मा स्वास्थ्य र शिक्षामा दलालहरु ले ठुलो लुट को धन्धा चलाइरहेका छन । मुलुक मा एउटा उधोग सम्म छैन । भएकै उधोग समेत बेचेर खाए दलालहरु ले जसको परिणम बिकासको मेरुदण्ड र मुलुकको भबिश्य युबाहरु आज सामान्य आफ्नो दैनिकी धान्न खाडी मुलुकमा श्रम बेच्न्नु परेको छ ।

आज स्वास्थ्य र शिक्षा क्षेत्र माफियाकरण,  दलालिकरण र व्यापारीकरण ले आक्रान्त बनेको छ । नया पुस्ता ले यो सरकार बाट के आशा गर्ने ?  जसले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका पुग्नु हो भन्थे जसले महाकाली बेचे तिनै आज गणतन्त्र नेपालको कार्यकारी प्रमुख छन् । अनि के यिनी बाट जनता ले सुख र देशले दिगो शान्ति पाउला त ? मुलुकमा देखियका समस्या र वैदेसिक हस्तक्षेपका विरुद्ध दिर्घकालिन हल खोज्न ढिलो भैसकेको छ । जुन देशका नौजवान युबा हरुले नया सपना देख्दैनन नया आशा गर्दैनन् र एउटा नया लक्ष्य बोक्दैनन आफ्नो मुक्ति र देश को स्वतन्त्रा को लागि एउटा नया संकल्प गर्दैंन ।

त्यो देश ले नया जीवन पाउदैन । आज हाम्रो देश येस्तै मा फसेको छ । अब नया पुस्ताले वर्तमान राज्य व्यबस्थ्याको विकल्प खोज्न र रास्ट्रीय स्वाधिनता को लडाई लड्न एकदम आवश्यक छ । त्यसको लागि हामी तयार रहनु पछ । सरकारले तत्काल नेकपा माथि लगाएको प्रतिबन्ध खारेज गरोस र सब एकजुट भएर बैदेसिक हस्तक्षेप का विरुद्ध एक भयर लड्न आबश्यक छ । यदि आज त्यो आट गर्न सकेनौ भने वैदेसिक हस्तक्षेप ले निरन्तरता पाउने छ जसकारण हामी संगसंगै आउने पुस्ता ले समेत दुख पाउने छ भने इतिहासले हामीलाई कदापी माफी दिने छैन । अब नया पुस्ता देशको मुक्तिदाता बनेर उदाउन जरुरि छ । त्यसैले आउनुहोस बैज्ञानिक समाजबादको आलोकमा एकीकृत जनक्रान्ति झन्डा बिहानीको उसाकिरणको क्षितिज संगै जगमगाहीरहेको छ । यसलाई बिजयको सगमाथाको चुचुरोमा फराउ र मुक्ति को त्यो चम्किलो प्रकासपुञ्ज लाइ पछयाउदै आगाडी बढौ ।

लेखक अखिल क्रान्तिकारीका नेता हुन ।

You can share this post!