कालिमाटी वृत्तका दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि पुरै वृत्त सिल गरियो

काठमाडौँ – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोनाको पुष्टि भएपछि कालिमाटी वृत्त र त्यहाँ भित्र रहेको महिला सेल र ट्राफिक प्रहरी कार्यालय, बल्खु, स्युचाटारमा रहेको कार्यालयलाई सिल गरिएको  कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले  बताए।

अहिले कालिमाटी वृत्त र सो मातहत रहेका दुई सय ५० जनालाई आइसोलेसनमा राखेर कार्यालय सिल गर्ने काम भइरहेको छ । यस्तै सो स्थानको नियमित कामका लागि थप प्रहरी परिचालन गर्ने निर्णय भएको छ । संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ ।

source : kathamandupati.com

You can share this post!