नेकपा अछाम द्दारा भारतिय हस्तक्षेप विरूद्द मशाल जुलुश

अछाम – नेपाल कम्युनिष्ट पार्टी अछामले भारतिय हस्तक्षेपका विरूद्द जिल्लाभर मशाल जुलुश प्रदशन गरेकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रिय कार्यक्रम अन्तर्गत अछाम जिल्लाका दश वटै स्थानिय निकायमा मशाल जुलुस गरेकाे छ । भारतले नेपाली भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी हडपेर नेपाली भुभागमै मानसराेवर सम्म पुग्ने माेटर बाटाे निर्माण गरेकाे विराेधका नेपाल कम्युनिष्ट पार्टी अछामले व्यापक विराेध सँगै मशाल जुलुस गरकाे अछाम पार्टीले जनाएकाे छ ।

You can share this post!