सिमानामा काँडेतार लगाउन जनप्रगतिशिल माेर्चा कतारले ५० लाख उपलब्ध गराउने प्रतिबद्दता

कतारमा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा कतारले नेपाल–भारतबीच सीमामा काँडेतार लगाउन पचास लाख रुपैयाँ दिने भएको छ । मोर्चाका अध्यक्ष जय किशाेर पाेद्दारले विज्ञप्ति प्रकाशित गरी भारतले नेपालमाथि गरेको थिचोमिचो अन्त्य गर्न र सीमामाथि गरेको अतिक्रमण बन्द गर्न मोर्चाले पचास लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन् ।

You can share this post!