नागढुंगामा चिकित्सकमाथि दुव्र्यवहार गर्ने युवा पक्राउ

काठमाडौं – नागढुंगामा चिकित्सकमाथि दुव्र्यवहार गर्ने एक जना युवक पक्राउ परेका छन् ।

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई शुक्रबार नागढुंगामा दुर्व्यवहार गर्ने युवा पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीले चन्द्रागिरि नगरपालिका उत्तम कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

स्वयंसेवकको रुपमा खटिएका उक्त युवासहितको समूहले डाक्टरमाथि खानतलासी गरेको थियो ।

You can share this post!