भारत लाइ नेकपाको युवा संगठन द्वारा कडा चेतावनी

जेठ १ काठमाडौ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठनले भारतद्वारा गरिएकाे सिमा अतिक्रमण तत्काल बन्द गर्न, र अतिक्रमीत जमिन फिर्ता गर्न र नेपाली भुमिमा राखिएको भारतिय सिमा सैन्य क्याम्प फिर्ता गर्न भन्दै भारतिय दुतावासमा ज्ञापन पत्र बुझाएकाे छ ।

युवा संगठनले केन्द्रीय समितिको तर्फबाट बुझाइएको उक्त विज्ञप्तिमा भारतीय साम्राज्यवादी हेपाहा प्रवृति र अतिक्रमित कार्य बन्द गर्न र नेपाली सार्वभौम सत्ताकाे हेक्का राख्न भनिएकाे छ ।

भारतले बर्षाैदेखि नेपालमाथि गिद्देनजर लगाउदै आएकाे भन्दै संगठनले ६ महिना अघि भारतद्वारा जारी कथित राजनीतिक नक्सामा नेपाली भुमि लिम्पियाधुरा लिपुलेक आफ्नाे भनी जारी गर्नु गम्भीर भुल हाे भनिएकाे छ संगठनले भारतलाई न्युनतम पनि अन्तर्राष्ट्रिय कानुन तथा मान्यताकाे खिल्ली उडाउदै नेपालमाथी हस्तक्षेप गरेकाे भन्दै कडा आक्राेस ब्यक्त गरेकाे छ ।

ज्ञापनपत्रमा लेखिएको छ ।

You can share this post!