भण्डारीकाे प्रधानमन्त्रीलाइ खुला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यु,


तपाइले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्दा देखाउनुभएको दृढ आत्म बिश्वाश र अदम्य शाहस देख्दा यो कोरोना भाइरसको संक्रमणकालिन अवस्था मा पनि तपाइले नै यो मुलुक लाइ संक्रमण बाट बचाउन सक्नुहुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु । मैले तपाइलाइ दृढ इच्छाशक्ति भएको राजनेताको रुपमा लिएको छु ।

नेपालि राजनीतिमा तपाइले लिनुभएको केहि निर्णय बाहेक धेरै निर्णय को म प्रसंशक हु । अहिले कोरोना भाइरस को संक्रमण विश्वमा झै नेपाल मा पनि तिब्र गतिमा फैलिएको छ । मैले यो लेखिरहदा संक्रमित संख्या २४३ पुगेको छ बिश्वोको अन्य देशको उदाहरण हेर्ने हो भने यो संख्या गणितीय हिसाबले बढ्ने पक्का छ । सम्माननिय प्रधानमन्त्री ज्यु, येतिबेला नेपालमा पनि संसारभरिौँ कोरोना माहामारी बढ्दो क्रममा छ बिश्लोका शक्तिशाली रास्ट हरु अमेरिका, युके, इटाली, फ्रान्स, स्पेन जस्ता मुलुक लाइ धेरै कठिन छ ।


बिश्वोका बिज्ञान समेत फेल खाएको अवस्था छ । बिश्वो भर संक्रमित संख्या र मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । चिन को वुहान शहर बाट संक्रमण अहिले बिश्वोभर फैलिएको छ। नेपाल मा पनि आम नेपालि जनता कोरोना संक्रमण को संख्या बढ्दो क्रमले डराइरहेका छन् । शक्तिशाली रास्ट्र हरु त यो कोरोना संक्रमण संग जुन सकिरहेका छैनन् भने हाम्रो जस्तो मुलुक लाइ धेरै कठिन छ । उपप्रधानमन्त्री इश्वोर पोखरेल को नेतृत्व र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बाट यो संक्रमनाकालिन परिस्थिति सामना यो मुलुकले गर्न पक्कै पनि सक्दैन ।
किन सक्दैन भन्ने कारणहरु याहाले आसेपासे को मात्र सल्लाह नसुनेर एक पटक भ्रमको चस्मा खोलेर आम नेपालि जनताले के भनिरहेका छन् भनेर सामाजिक संजाल हरु हेर्नुस र सत्य तथ्य समाचार र विश्लेषण हरु हेर्नुहोस तपाइँ आफै थाहा पाउनुहुनेछ । अतस् यी ठाउमा सक्षम र काम गर्न सक्ने व्यक्ति ल्याउनुहोस । सम्मानीय प्रधानामंत्री ज्यु , अब रह्यो यो कठिन परिस्थिति मा के गर्ने रु मेरो बिचारमा नेपाल र भारत को सीमामा रहेका नेपाली लाई प्रबेश गराई कडा स्वास्थ्य परिक्षण का साथ सरकारी निगरानी को क्वारेन्टिन मा राखौ ।


ताकि लुकी लुकी खेत का गरा र कान्ला बाट नेपाल छिरी अहिलेको परिस्थिति जस्तो संक्रमण नबडोस । अब लकडाउनले मात्र पुग्दैन, आवश्येक स्थानहरुमा कफ्र्यु लगाऔ । पास दिने सिस्टम पर बदली। सडकमा येति धेरै आवत जावत किन रु आवश्येक भनेको मानिसको मृत्यु मा समेत सेना र प्रहरी को नेतृत्वमा मृतकको २र४ जना आफन्त मात्रै जान दिएर आफ्नो धर्म संस्कृति अनुसार अन्त्यस्ती गरौ । बिरामी लाइ अनिवार्य रुपमा एम्बुलेन्सको प्रयोग गरौ, एम्बुलेन्स पनि नर्मल मान्छे बोकेको छ कि बिरामी बोकेको छ, चेक गरौ

धेरै प्रेस का मान्छे सडकमा आवतजावत गरेका छन,येस्मा कडाइ गरी । सूचना विभागले जारि गरेको संचारकर्मीको परिचयपत्रलाइ पनि गृहमन्त्रालयको अनुमतिले मात्रै आवतजावत को अनुमति दिउ । लकडाउन लाइ पूर्ण रुपले कडा बनाउ. संगै नेपाल सरकारले कोरोना परिक्षण लाइ तिब्रता दिउ, नियन्त्रण मा जिम्मेवारी बनी । सरकारी समयंत्र ले चौबिसै घण्टा काम गरौ, यस्तो परिस्थिति मा नगरे कहिले गर्ने ? डाक्टर, नर्स सेना र प्रहरी को आत्मबल बलियो बनाऔ। गरिब र मजदुर बर्गलाई खाने र राहत को ब्यबस्था पूर्ण ब्यबस्थित रुपमा स्थानिय सरकारलाई गर्न दिउ । अन्त्यमा राज्यको सबै शक्ति कोरोन लाइ कसरि निर्मुल पार्ने मा केन्द्रित गरौ र मुलुक र मुलुकबासी लाइ छिट्टे कोरना भाइरस बाट मुक्त बनाऔ ।

बदन कुमार भण्डारी

You can share this post!