नेपाल एयरलाइन्सका पाइलटको आरडीटी नेगेटिभ

३१ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षण गरिएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको छ ।

नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ ।

यस परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

Source: onlinekhabar.com

You can share this post!